काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रदेश र स्थानीय सरकार पनि खारेज गरी 'भ्रष्ट' प्रशासनमाथि कडा कदम चाल्नुपर्ने आवाज उठाएका छन्।
शनिबार काठमाडौंमा सुरु भएको आजपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै साहले हालको प्रणाली भ्रष्ट र असफल भएको बताउँदै त्यसलाई नबदली मुलुक नबन्ने बताए। सरकारमात्रै भ्रष्ट भएकाले त्यस्ता सरकारलाई खारेज गरेर संघीयता भने अझै बलियो बनाइनुपर्ने उनको भनाइ थियो । यस्तै उनले बिग्रिएको व्यवस्था भत्काउँदै भ्रष्ट नेतालाई नहटाएसम्म मुलुक नबन्ने समेत तर्क गरे ।
साहले देशमा मौलाएको भ्रष्टाचार, कुशासन, अनियमितता र लुटपाट रोक्न आवश्यक रहेको बताउँदै उनले दुई वर्षअघि आजपाले तेस्रो जनआन्दोलनको घोषणा गरेको स्मरण गरे । उनले अहिले जेन–जी पुस्ताले जनविद्रोह गर्नु सकारात्मक भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असोज २०८२, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह
मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिलाई प्रभु साहले दिए अनैतिकताको संज्ञा
सुशीला र ओमप्रकाश अर्यालहरू केपी ओली र आरजुकै नयाँ भेरिएन्ट हुन्, यिनीहरूबाट निकास असम्भव : प्रभु साह
ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह
एमालेले ओलीलाई अब अघि नलगाओस् : प्रभु साह