काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिका-५ स्थित पूर्व-पश्चिम लोकमार्गबाट ५ हजार केजी प्रतिबन्धित लागू औषध गाँजा बरामद गरिएको छ।
सशस्त्र प्रहरी बल,नेपाल नं. १ बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेको कमाण्डमा खटिएको २१ जनाको टोलीले विशेष सूचनाका आधारमा शनिबार राति उक्त गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरीले गस्ती गर्दै जाने क्रममा ना ४ ख २७११ नं. को ट्रक र बा ५ ख १९६९ नं. को मिनी ट्रक नियन्त्रणमा लिएर चेकजाँच ५ हजार केजी गाँजा बरामद गरिएको कोशी प्रदेश सशस्त्र प्रहरीले जनाएको छ ।
चेकजाँच गर्दा ठुलो ट्रकमा लोड गरिएको १३४ बोरा र मिनी ट्रकमा २४ बोरा भित्र गरी जम्मा ५ हजार केजी गाँजा बरामद भएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार हाल देशभर जेन जेड आन्दोलनका कारण कर्फ्यु र निषेधाज्ञा जारी भएको मौका छोपी धनकुटाबाट तस्करहरूले ठुलो परिमाणमा गाँजा भारततर्फ लैजान खोजेका थिए। तर सशस्त्र प्रहरीको गस्ती टोलीले समयमा नै नियन्त्रणमा लिएर ठुलो मात्रामा गाँजा भारततर्फ जानबाट रोकिएको हो।
घटनाका बेला दुवै गाडीका चालक र संलग्न व्यक्ति फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ भदौ २०८२, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ
सुनसरीमा २१ सय किलो गाँजासहित ट्रक नियन्त्रणमा
३ सय किलोग्राम गाँजा बरामद
सिरहामा ट्रकसँग ठोक्किएको कारबाट १३० किलो गाँजा बरामद