काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले ब्रेन वास गरेर पार्टी हाइज्याकको प्रयास नगर्न संस्थापन नेतृत्वलाई सांकेतिक चेतावनी दिएका छन् । महासचिव शंकर पोखरेललगायत नेताहरुलाई लक्षित गर्दै उनले ख’ला समिक्षका लागि पार्टी फोरम तत्काल आयोजना गर्न चुनौति दिएका छन्।
पछिल्लो समय पार्टी संस्थापन र नेतृत्वका गतिविधिको प्रखर आलोचकका रुपमा प्रस्तुत भइरहेका बास्कोटाले महासचिव शंकर पोखरेलसहित अध्यक्ष केपी शर्मा ओलीको कोर टिमप्रति व्यंग्य प्रहार गर्दै आएका थिए ।
बास्कोटाले भनेका छन्– नीति र बिधिको रक्षा भएपछि नेतृत्वको रक्षा स्वत हुन्छ। ब्रेन ड्रेन, ब्रेन वास पछि ब्रेन हाईज्याक प्रयास नगर। बरु खुल्ला समीक्षाका लागि पार्टीका फोरम तत्काल आयोजना गर। म्याकाभेलियनवादीहरु मार्क्सवादमा फर्कनासाथ विषय स्पष्ट र गतिशील हुन्छन। त्यसपछि पन्छने पेटीबुर्जुवा मात्र हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ भदौ २०८२, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा
‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’ : गोकुल बास्कोटा