काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले अब कांग्रेसको पुनर्गठन गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालबाट अपिल जारी गर्दै उनले यस्तो बताएका हुन् । उनी लेख्छन्, ‘अब कांग्रेसको पुनर्गठन गर्नै पर्छ, तर विद्यमान निर्वाचन प्रणालीले पार्टीलाई पूर्ण रूपमा पुनर्ताजगीकरण गर्न सक्दैन ।’
नयाँ उदाउन खोजेका पार्टीहरूमा अन्यदलसहित काँग्रेसबाट विकर्षित युवा धेरै भए पनि उनीहरूमा राष्ट्रनिर्माणको निश्चित खाका नरहेको उनको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ भदौ २०८२, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र बजगाईंले छोडे कांग्रेस