काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादव संविधानको सही कार्यान्वयनबाट नै जेनजीको माग पूरा गर्नुपर्ने बताएका छन्। एक वक्तव्य जारी गर्दै घातक प्रवृत्तिबाट भविष्यमा मुलुकलाई जोगाउनका निम्ति गम्भीरतापूर्वक लिन अपिल गरेका छन्।
जेन जी आन्दोलनपश्चात् सिर्जित राजनीतिक–प्रशासनिक अन्योलको अन्त्य गर्दै हरेक नागरिकको जीउ र धनको सुरक्षा सुनिश्चित गर्न तथा मुलुकलाई सुव्यवस्थाको बाटोमा डोर्याउन जिम्मेवार निकायलाई अपिल गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘यस प्रयोजनको निम्ति नेपालको संविधान २०७२ र त्यसले प्रदान गरेको मार्गचित्रलाई पछ्याउनु नै एक मात्र उपाय हो । झन्डै सात दशकको सपना र सयौँ शहीदको बलिदानपश्चात्, जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधान २०७२ को सही कार्यान्वयनबाट नै जेन–जी पुस्ताका आकाङ्क्षा र उद्देश्यहरू समेत पूरा गर्न सम्भव छ भन्ने मेरो मान्यता छ ।’
युवाहरूको सो आन्दोलन भ्रष्टाचारको अन्त्य, पूर्णअभिव्यक्ति स्वतन्त्रता र उत्तरदायी शासन–व्यवस्था अर्थात् सुशासन जस्ता अत्यन्त स्वाभाविक र आधारभूत मागका निम्ति भएको उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ भदौ २०८२, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच भेटवार्ता
पूर्वराष्ट्रपति यादवद्वारा ‘सत्संगदीक्षा’ लोकार्पण
बुद्धका सन्देश विश्वभर फैलाऔं : पूर्वराष्ट्रपति यादव
उपचारात्मकभन्दा रोकथाममा अधिक जोड दिनुपर्छ : पूर्वराष्ट्रपति यादव