पूर्वराष्ट्रपति यादवद्वारा ‘सत्संगदीक्षा’ लोकार्पण

सफल खबर संवाददाता

शनिबार, २८ असार २०८२, १४ : ०७
पूर्वराष्ट्रपति यादवद्वारा ‘सत्संगदीक्षा’ लोकार्पण

काठमाडौँ । पूर्वराष्ट्रपति डा.रामवरण यादवले प्राचीन सनातन धर्म र पूर्वीय सभ्यताले नेपाल र भारतलाई धार्मिक, सांस्कृतिक र जनस्तरको सम्बन्ध प्रगाढ तुल्याउन महत्त्वपूर्ण योगदान गरिरहेको बताएका छन् । 

हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समिति र स्वामी नारायण संस्था नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘सत्संगदीक्षा’ पुस्तकको लोकार्पण गर्दै उनले हाम्रो पहिचानकारुपमा रहेका अध्यात्म र विज्ञानलाई जोडेर अघि बढ्नु पर्ने आवश्यकतामा जोड दिए।

पूर्व राष्ट्रपति यादवले भने, “हामीले हाम्रो संस्कृति, परम्परा र समाजलाई बुझेर काम गर्नुपर्छ, त्यसबाट शान्ति, सहअस्थिति र भ्रातृत्व कायम गर्न सहज हुन्छ । यसबाट विश्वकल्याणमा योगदान पुर्‍याउन सकिन्छ ।”

साधु भद्रेश दास स्वामीले भगवान् निलकण्ठले तपस्या गरेको मुक्तिनाथ हिमालय पर्वत शृङ्खला र मुक्तिनाथ जस्तो संसारका धार्मिक पर्यटनका लागि अदभूत पवित्र र पुण्यभूमि रहेको बताए ।

उनले प्राचीन सनातन धर्मले नेपाल र नेपालीबीचमा संस्कार, प्रेमभाव, भक्तिभाव र मेलमिलापको अनुपम नमूना प्रस्तुत गर्न सफल भएको धारणा राखे । नेपाल र भारतबीचको साझा भाषाकारुपमा रहेको संस्कृतिबाट ‘सत्संगदीक्षा’ पुस्तक अनुवाद गरिएको जानकारी दिँदै उनले भाषा, वेशभूषा, भोजन र संस्कृति प्रत्येक देशको विशिष्ट पहिचान रहेको बताए।

 

प्रतिक्रिया दिनुहोस