‘अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक’ : डा. भट्टराई

सफल खबर संवाददाता

शुक्रबार, २७ भदौ २०८२, ११ : ४२
‘अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक’ : डा. भट्टराई

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले जेन जेडले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक रहेको बताएका छन् । 

डा.भट्टराईले आज एक वक्तव्य जारी गर्दै भनेका छन्– ‘नयाँ नेपालको नेतृत्व गर्न उद्यत जेन जेडका नवयुवाहरूले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्व प्रधानन्यायाधीश तथा सक्षम र स्वच्छ व्यक्तित्व सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक र सही छ। उहाँलाई सम्पूर्ण देशले सहयोग र समर्थन गर्नुपर्दछ ।’

वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत् शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका छिटो भन्दा छिटो अन्त्य गरिनुपर्नेमा पनि उनले जोड दिएका छन् । त्यसको उपयुक्त संविधानसम्मत र लोकतान्त्रिक विधि के हुनसक्छ संविधानविद्हरू र जानकारहरूको सल्लाहमा निर्णय गर्नु उपयुक्त हुने भट्टराईले बताए । 

प्रतिक्रिया दिनुहोस