रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ । आज बिहान प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सूचना जारी गर्दै बिहान ६ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको जानकारी दिए ।
उनका अनुसार साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । अत्यावश्यक आवतजावतका लागि आज साँझ ५ः०० बजेदेखि ७ः०० बजेसम्मको समय तोकिएको छ ।
निषेधाज्ञा वा कर्फ्युको समयमा भेला, जुलुस, सभा, बैठक, प्रर्दशन, पोष्टर पर्चाजस्ता सामग्री टाँस्न वा लेख्न एवं शान्ति र व्यवस्थामा असर हुने कुनै पनि कार्य गर्न र पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ भदौ २०८२, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
देशभर बढाइयो निषेधाज्ञा र कर्फ्यु
काठमाडौँका यी स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश
रुपन्देहीमा कर्फ्यु आदेश जारी
वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
वीरगञ्जमा कर्फ्यु जारी