पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था गम्भीर बनेपछि स्थानीय प्रशासनले आज सोमबार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै बिहान ९:४५ बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशमा अर्को सूचना नभएसम्मका लागि सर्वसाधारणको आवतजावत र भेला हुन पूर्ण प्रतिबन्ध लगाइएको छ।
प्रशासनले कर्फ्यु लागू हुने क्षेत्रको चार किल्ला समेत स्पष्ट पारेको छ। जसअनुसार पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा नेपाल-भारत सीमा नजिकैको शङ्कराचार्य गेटभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको छ। यो सिमाना भित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको जुलुस निकाल्न, सभा-सम्मेलन गर्न, बैठक बस्न वा घेराउ जस्ता गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कडा कदम चालिएको हो।
कर्फ्यु आदेश जारी भए पनि मानवीय संवेदनशीलता र अत्यावश्यक सेवालाई भने प्रशासनले खुकुलो बनाएको छ। एम्बुलेन्स, दमकल, शव वाहन र स्वास्थ्यकर्मीका सवारी साधनहरूलाई निर्वाध रूपमा चल्न दिइनेछ। त्यस्तै सञ्चारकर्मी, विश्वविद्यालयका पूर्व निर्धारित परीक्षामा सामेल हुने परीक्षार्थी तथा कर्मचारी, पर्यटकका सवारी साधन र कूटनीतिक नियोगका गाडीहरूलाई पनि सुरक्षाकर्मीले सहजीकरण गर्ने विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ फागुन २०८२, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा कर्फ्यु जारी : अदालतका कामकारबाही स्थगित
गौरमा अनिश्चितकालीन कर्फ्यु: अत्यावश्यक कामका लागि अहिले बिहान २ घण्टा खुकुलो
वीरगन्जमा कर्फ्यु आदेश आज दिउँसो १ बजेसम्म थप
मकवानपुरमा निषेधाज्ञा र कर्फ्यु हट्यो
चितवनमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हट्यो
हट्यो काठमाडौँ उपत्यकाको निषेधाज्ञा र कर्फ्यु