बागलुङ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले बिचौलिया वर्गका कारण स्वाधीन राष्ट्रिय पुँजी निर्माणमा चुनौती खडा भएको बताएका छन् ।
नेपाल राष्ट्रिय व्यापार संगठनद्वारा बागलुङमा आयोजित ‘नेपाली विशेषताको समाजवाद र वैकल्पिक अर्थतन्त्र’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै पुनले प्रतिस्पर्धी र स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माणको तगारो बिचौलिया वर्ग भएको बताए ।
बहुदलीय व्यवस्थाअघि मुलुक १० घरानाले चलाएको छ भन्ने गरिएको चर्चा गर्दै उनले बहुदलीय व्यवस्थापछि उक्त संख्या बढेर करिब ५० पुगेको र गणतन्त्रपछि उल्लेख्य वृद्धि भएको उल्लेख गरे । तर, ठूला भनिएका व्यापारिक घरानालाई एउटै बिचौलियाले चलाउने अवस्था आएको भन्दै उनले त्यो नेपाली अर्थतन्त्रको प्रमुख चुनौती भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ भदौ २०८२, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान पुन
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह