आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

सफल खबर संवाददाता

सोमबार, २३ भदौ २०८२, ०८ : ४२
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौ । आज चार वटा संसदीय समितिको बैठक बस्ने भएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति,विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएका हुन् । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा केरा व्यवसायी कृषकका समस्याका सम्बन्धमा अर्थ, कृषि तथा पशुपंक्षी विकास र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १२ः३० बजे सुरु हुनेछ । 

बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने माननीयज्यूहरुसँग छलफल हुनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वास्थ्य सम्बन्धी समसामयिक विषयमा स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयसँग छलफल हुनेछ । बैठक बिहान ११ः३० बजे सुरु हुनेछ । 

त्यस्तै, विहान ९ः०० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन मस्यौदा बारेमा छलफल हुने कार्यसूची छ ।

 

प्रतिक्रिया दिनुहोस