काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालसम्बन्धी विषयमा झूट बोलेको गम्भीर आरोप लगाएका छन्।
लमजुङको बेसीशहरमा आयोजित राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै शाहीले मन्त्री गुरुङले सामाजिक सञ्जाल नियन्त्रण गर्न दर्ताको नाममा सूचीकरणलाई तोडमोड गरी प्रस्तुत गरेको दाबी गरे। “दर्ता र सूचीकरण दुई फरक प्रक्रिया हुन्,” शाहीले भने, “तर मन्त्री गुरुङले सूचीकरणलाई दर्ता भन्दै जनतालाई भ्रममा पारेका छन्। यो निरंकुशताको पराकाष्ठा हो।”
उनले लमजुङका मतदाताले आगामी निर्वाचनमा मन्त्री गुरुङलाई पराजित गर्ने चेतावनी पनि दिए। “अब लमजुङका जनताले संचारमन्त्रीलाई आफ्नै जिल्लाबाट चुनाव हराउनेछन्,” शाहीको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ भदौ २०८२, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘करको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट बोले, छानबिन समिति बन्नैपर्छ’ : ज्ञानेन्द्र शाही
अर्थमन्त्रीमाथि छानबिन गर्न ज्ञानेन्द्र शाहीको माग
प्रधानमन्त्रीलाई र्याप हान्न बोलाएको होइन : ज्ञानेन्द्र शाही
२०८१ र २०८३ को नीति तथा कार्यक्रम उस्तै भएको ज्ञानेन्द्र शाहीको दाबी
न्यायपालिकाको स्वायत्ततामा हस्तक्षेप भए शक्ति सन्तुलन कमजोर हुन्छ’: ज्ञानेन्द्र शाही
वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य: ज्ञानेन्द्र शाही