काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालसम्बन्धी विषयमा झूट बोलेको गम्भीर आरोप लगाएका छन्।
लमजुङको बेसीशहरमा आयोजित राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै शाहीले मन्त्री गुरुङले सामाजिक सञ्जाल नियन्त्रण गर्न दर्ताको नाममा सूचीकरणलाई तोडमोड गरी प्रस्तुत गरेको दाबी गरे। “दर्ता र सूचीकरण दुई फरक प्रक्रिया हुन्,” शाहीले भने, “तर मन्त्री गुरुङले सूचीकरणलाई दर्ता भन्दै जनतालाई भ्रममा पारेका छन्। यो निरंकुशताको पराकाष्ठा हो।”
उनले लमजुङका मतदाताले आगामी निर्वाचनमा मन्त्री गुरुङलाई पराजित गर्ने चेतावनी पनि दिए। “अब लमजुङका जनताले संचारमन्त्रीलाई आफ्नै जिल्लाबाट चुनाव हराउनेछन्,” शाहीको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ भदौ २०८२, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावपछि राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्याउँछाैँ : ज्ञानेन्द्र शाही
राप्रपाले ज्ञानेन्द्र शाहीको कमाण्डमा मंसिर २३ मा बृहत् जनप्रदर्शन गर्ने
सभामुखलाई ज्ञानेन्द्र शाहीको ८ बुँदे सुझाव
प्रधानमन्त्री परिवर्तनले मात्रै जनताको जीवनस्तर सुधार हुँदैन : ज्ञानेन्द्र शाही
ज्ञानेन्द्र शाहीद्वारा परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग
ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’