काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गरेकोमा आवेदन दिने बिहीबार अन्तिम दिन हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको थियो । दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
हाइड्रोले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो ।
जसमा ८ लाख ३० हजार ८२४ कित्ता साधारण सेयर आयोजना प्रभावितलाई र २ लाख ७ हजार ५०० कित्ता सेयर विदेशमा भएका लागि निष्काशन गर्नेछ ।
त्यसपछि एक लाख एक हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषलाई र ६२ हजार २५० कित्ता सेयर कर्मचारीलाई वितरण गर्नेछ ।
त्यो सबै बाँडफाँड भएपश्चात सर्वसाधारण लगानीकर्ताका लागि १७ करोड एक लाख ५० हजार रुपैयाँ बराबरको १७ लाख एक हजार ५०० कित्ता साधारण सेयर निष्काशन हुनेछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले सेयर निष्काशन गरेको छ ।
न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ भदौ २०८२, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वस्तिक लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला
सागर डिष्टिलरीको आईपीओ खुला
माबिलुङ इनर्जी लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला
विकास हाइड्रोपावरको आईपीओ खुल्यो
ट्रेड टावरको आईपीओ आजदेखि निष्कासन
ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आजबाट आवेदन खुला