एजेन्सी । पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । राजधानी लिस्बनमा भएको दुर्घटनामा थप १८ जना घाइते भएका छन्।
बिबिसीका अनुसार घाइतेमध्ये पाँच जनाको स्वास्थ्य अवस्था गम्भीर छ । स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाए अनुसार रेल लिकबाट उछिट्टिएर एक भवनमा बज्रिन पुगेको थियो ।
रेलको सपोर्टिङ केबल भाँचिएपछि लिक छाडेको समाचारमा उल्लेख छ । रेलका डिब्बा पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । मृतकको पहिचान हुन बाँकी रहेको समाचारमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १९ भदौ २०८२, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु
झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो
पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु