काठमाडौं । लिपुलेक विवादबारे एमाले नेता गोकुल बास्कोटाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
उनले नेपालले ढुक्कसाथ आफूमाथि अतिक्रमण भएको स्पष्ट अडान राखेको उल्लेख गर्दै इतिहासका कमजोरी सच्याउन समय लाग्ने र कूटनीतिक लडाइँ जारी राख्नुपर्ने बताएका छन्।
उनका अनुसार चीनले चलाखीपूर्वक विषय पन्छाएको मात्र नभई “शिकारलाई शिकारीसँगै न्याय माग्न जाउ” भन्ने अवस्थासम्म पुर्याएको छ। भारतले भने नेपालको दाबी ठाडै अस्वीकार गरिसकेको बास्कोटाले स्मरण गराए।
बास्कोटाले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, “विना चिप्लोमेसी भन्दा लिपुलेकका विषयमा – नेपालले ढुक्कसाथ आफुमाथि अतिक्रमण भएको प्रष्ट अडान राख्यो। चीनले चलाखीसाथ पन्छाएन मात्र शिकारलाई शिकारीसँगै न्याय माग्न जाउ भन्यो। भारतले त नेपालको दावी ठाडै खारेज गरेकै छ। ईतिहासका कम्जोरी सच्याउन समय लाग्छ, कुटनितिक लडाइँ जारी राख्न पर्छ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ भदौ २०८२, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बाँस्कोटा
'परिस्थिति अझै खराब दिशातर्फ नजाला भन्ने अवस्था छैन' : गोकुल बाँस्कोटा
पार्टी छिटो पुनर्गठन गरौं: गोकुल बास्कोटा
तत्काल पार्टी फोरम आयोजना गर, हाइज्याक प्रयास नगर: गोकुल बास्कोटा
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गोकुल बाँस्कोटाको आपत्ति
संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ? भन्दै संसदमा गोकुल बाँस्कोटाले उठाए प्रश्न