काठमाडौं । लिपुलेक विवादबारे एमाले नेता गोकुल बास्कोटाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
उनले नेपालले ढुक्कसाथ आफूमाथि अतिक्रमण भएको स्पष्ट अडान राखेको उल्लेख गर्दै इतिहासका कमजोरी सच्याउन समय लाग्ने र कूटनीतिक लडाइँ जारी राख्नुपर्ने बताएका छन्।
उनका अनुसार चीनले चलाखीपूर्वक विषय पन्छाएको मात्र नभई “शिकारलाई शिकारीसँगै न्याय माग्न जाउ” भन्ने अवस्थासम्म पुर्याएको छ। भारतले भने नेपालको दाबी ठाडै अस्वीकार गरिसकेको बास्कोटाले स्मरण गराए।
बास्कोटाले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, “विना चिप्लोमेसी भन्दा लिपुलेकका विषयमा – नेपालले ढुक्कसाथ आफुमाथि अतिक्रमण भएको प्रष्ट अडान राख्यो। चीनले चलाखीसाथ पन्छाएन मात्र शिकारलाई शिकारीसँगै न्याय माग्न जाउ भन्यो। भारतले त नेपालको दावी ठाडै खारेज गरेकै छ। ईतिहासका कम्जोरी सच्याउन समय लाग्छ, कुटनितिक लडाइँ जारी राख्न पर्छ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ भदौ २०८२, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोकुल बास्कोटाको टिप्पणी– 'म तपाईँजस्तो चरम अवसरवादी पात्र होइन'
चिनियाँ कम्युनिस्ट पार्टीको शैलीलाई नक्कल गर्ने प्रयास ‘सुपरफ्लप’ : गोकुल बाँस्कोटा
‘लोकप्रिय छौं भनेको नेताको मात्रै प्रिय भइएछ’ : गोकुल बास्कोटा
लोकप्रिय छौँ भन्दाभन्दै नेताको मात्रै प्रिय भइएछ: गोकुल बास्कोटा
‘चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा–पढ्दा कोही पनि दोस्रो हुँदैन' : गोकुल बास्कोटा
गोकुल बास्कोटाको ओली लक्षित टिप्पणी : 'पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन'