काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दाको सोमबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको इजलासमा शाहविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ गर्न पेसी तोकिएको हो । यो दोस्रो सुनुवाइ हो ।
अधिवक्ता दीपकराज जोशीले शाहविरुद्ध अदालतको अवहेलनाको आरोपमा कारबाही हुनुपर्ने माग राखी रिट निवेदन दिएका थिए । नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको थियो ।
तर उक्त आदेशको विरुद्धमा बालेनले ‘अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी प्रतिक्रिया दिएका थिए । उनको प्रतिक्रियापछि अदालतमा अवहेलना मुद्दा दायर भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ भदौ २०८२, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा इन्दिरा राना मगरसँग बालेनको भेट
झापा–५ का मतदातासँग बालेनको भलाकुसारी
लहान पुगेर बालेनले गरे मधेश आन्दोलनका सहिदको शालिकमा माल्यार्पण
बालेन बिहानै पुगे जानकी मन्दिर
रास्वपा पुगेर बालेनले गरे पद बहाली
राजीनामा नलेख्ने सोचमा पुगे बालेन