काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १३ गतेदेखि सुरु हुने भएको छ। सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा बुधवार बसेको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकले उक्त निर्णय गरेको हो।
बैठकमा ‘सुदूरपश्चिम प्रदेश सभा सचिव तथा सचिवालय व्यवस्थापनसम्बन्धी ऐन, २०७५’ संशोधन गर्न बनेको विधेयकमाथि छलफलको प्रस्ताव पेश गरिने प्रदेश सभा सचिवालयले जनाएको छ ।
यसअघि असार १० गतेदेखि बजेटमाथि छलफल गर्न बैठक बोलाउने निर्णय भए पनि तयारी नपुगेका कारण स्थगित गरिएको थियो। पर्याप्त रूपमा बजेट अध्ययन हुन नसकेको भन्दै बैठक सारिएको थियो।
कार्य व्यवस्थामा भएको समझदारी अनुसार असार १५, १६ र १७ गते प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि नियमित छलफल हुनेछ।
आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले असार १ गते प्रस्तुत गरेको ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट असार मसान्तभित्रै पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ असार २०८२, १९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित
लुम्बिनीका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेश प्रमुखबीच शिष्टाचार भेट
सुदूरपश्चिममा लगानी गर्न निजी क्षेत्रलाई आह्वान
सुदूरपश्चिम प्रदेश सरकारको एक बर्से महत्त्वपूर्ण कार्यप्रगति सार्वजनिक
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री शाह