काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३१.१७ अंक (१.१२ प्रतिशत) घटेको छ । सेन्सिटिभ तथा फ्लोट सूचक पनि घटेका छन् ।
कारोबार सुरु भएपछि नै रातो अंकमा रहेको बजार अन्तिम समयसम्म कायम रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन बिहीबार ८ अर्ब ९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६ करोडको भयो ।
२१ कम्पनीको मूल्य बढ्दा २२८ को घट्यो भने एउटाको स्थिर रह्यो । विकास बैंक समूह सबैभन्दा धेरै १.५९ प्रतिशत घट्यो । बैंकिङ ०.८८, फाइनान्स १.३०, होटल तथा पर्यटन १.०७, हाइड्रोपावर १.४७, लगानी १.०४, जीवन बीमा १.००, उत्पादन तथा प्रशोधन १.०१, माइक्रोफाइनान्स १.३८, निर्जीवन बीमा १.१३, अन्य १.२४ तथा व्यापार ०.३८ प्रतिशत घटे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ भदौ २०८२, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार