काठमाडौँ । सङ्घीय संसद्का आज दुईवटा समितिको बैठक बस्दैछ । निर्धारित कार्यसूचीअनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्ने विषयमा देखिएको समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यक्रम तय भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ भदौ २०८२, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भयरहित वातावरणमा निर्वाचन हुने सुनिश्चितता गर्न संसदीय समितिको निर्देशन
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
दुई संसदीय समितिको बैठक बस्दै
दुईवटा संसदीय समितिको बैठक बस्दै
मुख्यसचिव र मुख्यरजिष्ट्रारको पदावधि २ वर्ष र सचिवको ४ वर्ष राख्ने संसदीय समितिमा सहमति
तीन संसदीय समितिको बैठक आज, यी हुन् एजेन्डा