काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीका लागि ठूलो समस्या केपी ओली रहेको बताएका छन् ।
शुक्रबार पार्टीको काठमाडौँ क्षेत्र नम्बर ७ निर्वाचन क्षेत्रीय कमिटीले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले अहिलेको परिस्थितिमा पार्टीका सामु ठूलो समस्याका रूपमा एमाले नेतृत्व विशेष गरी केपी ओली नै रहेको बताएका हुन् ।
काँग्रेसलाई शत्रु बनाउने, माओवादीसँग दोस्ती तोड्ने र पार्टीलाई एक्लै बनाइ कमजोर बनाउने सोच गलत रहेको उनले बताए ।
उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ६ महिना अघि सदस्यता दिँदै अध्यक्षको आश्वासन दिने व्यक्ति नै अहिले भण्डारीविरुद्ध लागेको दाबी गरेका छन् ।
त्यस्तै, अध्यक्ष नेपालले आफ्नो पार्टीभित्र केही नेताहरुले गढबडी गरिरहेको भन्दै अनुशासनहीन कार्य स्वीकार गर्न नसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ भदौ २०८२, २० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार