काठमाडौ। डडेल्धुरामा भएको जिप दुर्घटनामा परी ४ जनाको मुत्यु भएका छन भने ६ जना घाईते भएका छन् ।
ठाँटाबजारबाट डडेल्धुरातर्फ जाँदै गरेको से १ ज ७३८ नम्बरको उग्रतारा यातायातको जिप सडकबाट करिव ५ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा सोही ठाउँ बस्ने १८ बर्षिय सुरेश साउद, २३ बर्षिय सुरेश पार्की, ४० बर्षिया तारा अवस्थी र ७२ बर्षिया कलावती साउदको घटनास्थलमै मृत्यु भएको हो । भने घाईतेभएका ६ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी उपचारकोलागि डडेलधुरा अस्पतालतर्फ पठाएको छ ।
दुर्घटनाबारे जानकारीपछि सशस्त्र प्रहरी बल नेपाल नं. ५२ गुल्म डडेलधुराबाट सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण प्रसाद जोशीको कमाण्डमा उद्धार टोली खटिएको थियो ।
उद्धार टोलीले दुर्घटनामा घाईते भएका सो गाउँपालिका–५ बस्ने १८ बर्षिया सुसिला बिक, ४ बर्षियाबलिका प्रतिका पार्की, ४८ बर्षिय चन्द्र बहादुर साउद, ४२ बर्षिय गणेश बहादुर साउद, ४४ बर्षिय प्रकाश बिक र जिप चालक ३५ बर्षिय राम बहादुर साउदलाई उद्धार गरी अस्पतालतर्फ पठाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ भदौ २०८२, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दैलेखमा जिप दुर्घटना, ८ जना घाइते
रुकुम पूर्वको जिप दुर्घटनापछि राजनीतिक कार्यक्रम श्रद्धाञ्जली सभामा रूपान्तरण
रोल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो
रोल्पाको जलजलामा जिप दुर्घटना
स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, २१ जना घाइते
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु