डडेलधुरामा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु , ६ जना घाईते

सफल खबर संवाददाता

विहीबार, १२ भदौ २०८२, १६ : ०७
डडेलधुरामा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु , ६ जना घाईते

काठमाडौ। डडेल्धुरामा भएको जिप दुर्घटनामा परी ४ जनाको मुत्यु भएका छन भने ६ जना घाईते भएका छन् ।

ठाँटाबजारबाट डडेल्धुरातर्फ जाँदै गरेको से १ ज ७३८ नम्बरको उग्रतारा यातायातको जिप सडकबाट करिव ५ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा सोही ठाउँ बस्ने १८ बर्षिय सुरेश साउद, २३ बर्षिय सुरेश पार्की, ४० बर्षिया तारा अवस्थी र ७२ बर्षिया कलावती साउदको घटनास्थलमै मृत्यु भएको हो । भने घाईतेभएका ६ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी उपचारकोलागि डडेलधुरा अस्पतालतर्फ पठाएको छ । 

दुर्घटनाबारे जानकारीपछि सशस्त्र प्रहरी बल नेपाल नं. ५२ गुल्म डडेलधुराबाट सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण प्रसाद जोशीको कमाण्डमा उद्धार टोली खटिएको थियो । 

उद्धार टोलीले दुर्घटनामा घाईते भएका सो गाउँपालिका–५ बस्ने १८ बर्षिया सुसिला बिक, ४ बर्षियाबलिका प्रतिका पार्की, ४८ बर्षिय चन्द्र बहादुर साउद, ४२ बर्षिय गणेश बहादुर साउद, ४४ बर्षिय प्रकाश बिक र जिप चालक ३५ बर्षिय राम बहादुर साउदलाई उद्धार गरी अस्पतालतर्फ पठाएको हो ।

 

प्रतिक्रिया दिनुहोस