काठमाडौं । उपसभामुख इन्दिरा रानालाई हटाउने सत्ता गठबन्धनका शीर्ष नेताहरुको समझदारीबाट कांग्रेस पछि हटेको छ । प्रधानमन्त्री केपी ओलीको इच्छामा कांग्रेसलाई उपसभामुख दिने गरी अहिलेका उपसभामुख इन्दिरा रानालाई पदअनुकूलको आचरण नगरेको प्रस्ताव अगाडि बढाउने समझदारी काग्रेस सभापति शेरवहादुर देउवा र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले गरेका थिए ।
अन्य केही साना राजनीतिक दललाई समेत मनाएर दुई तिहाई मत बनाएपछि देउवा र ओलीका बीचमा रानालाई हटाउने समझदारी बनेको थियो । तर कांग्रेसभित्रै शेखर कोइरालाको असन्तुष्टि र महामन्त्रीद्दय विश्वप्रकाश शर्मा र गगन थापाको विरोधपछि कांग्रेस अब उपसभामुख हटाउने प्रस्ताववाट पछि हटेको हो । ‘अब हामी यो खेलमा लाग्दैनौं, उपसभामुखलाई हटाउने प्रस्तावबाट कांग्रेस पछि हटिसकेको छ,’ कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘उपसभामुखको विषयमा अहिले केही पनि प्रक्रिया अगाडि बढ्दैन । अहिले आचरणसम्बन्धी केही पनि हुँदैन ।
हामीले सोमबार यसबारेमा पार्टी सभापतिको निवासमा सामान्य छलफल ग¥यौँ र अहिले केही पनि नगर्ने भनेर स्पष्ट पा¥यौँ ।’ खासगरी कांग्रेसका महामन्त्रीद्दय गगन र विश्वप्रकाशले प्रधानमन्त्री केपी ओलीको डिजाइनमा उनलाई मन लागेका जे विषयमा पनि ल्याप्चेमात्रै ठोक्दै जाने हो भने कांग्रेसलाई नै घाटा पुग्ने र यसले आसन्न रुपन्देही ३ को उपचुनावमा पनि सकारात्मक नतिजा ल्याउन नसक्ने विफ्रिङ गरेपछि देउवा उपसभामुखको विषयमा अब अगाडी नबढने निश्कर्षमा पुगेका हुन् ।
सरकारका पछिल्ला गतिविधिले जनतामा बढ्दै गएको निरासाको सम्बोधन गर्न नसकेको र त्यसका लाभ राष्टिय स्वतन्त्र पार्टीले लिईरहेकोले यस्तो घटनामा पार्टी केन्द्रीत हुन नहुने सुझाव विश्वप्रकाश र गगनको थियो ।
सोमबार सभापति शेरबहादुर देउवानिवासमा बसेको संसदीय दल कार्यसमिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उपसभामुखविरुद्ध आचरणको प्रस्ताव अगाडि बढाउन अहिले उपयुक्त समय नभएको र यस्तो कदम चाले त्यसले रूपन्देही– ३ को उपनिर्वाचनमा प्रभाव पार्ने भन्दै सभापति देउवाको ध्यानाकर्षण गराएका थिए ।
बैठकमा रूपन्देहीबाट फर्केका महामन्त्री शर्माले चुनावी परिवेशको ब्रिफिङ गरेका थिए । शर्मा उपनिर्वाचनमा पार्टीको अवस्था बुझ्न भन्दै रूपन्देही–३ गएका थिए ।
देउवाले उपसभामुखविरुद्ध हस्ताक्षर गराउँदा किन असन्तुष्टि भनेर सोधेपछि महामन्त्री शर्माले रूपन्देही– ३ मा हुन लागेको उपनिर्वाचन, सरकारका कामकारबाहीप्रति नागरिकको असन्तुष्टिलगायत विषयहरू देखाएका थिए । त्यसपछि देउवापनि त्यसो भए अहिले अगाडी नबढौं भन्ने निश्कर्षमा पुगेको घिमिरेले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० भदौ २०८२, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निमन्त्रणा कार्डमा दाइजोमुक्त विवाहको सन्देश समावेश गर्न उपसभामुख ठाकुरको आग्रह
उपसभामुखमा रुबीकुमारी निर्वाचित
उपसभामुखमा रुबीकुमारीलाई समर्थन गर्ने कांग्रेसको निर्णय
उपसभामुखमा रुबी कुमारी ठाकुरलाई रास्वपाको समर्थन गर्ने निर्णय सर्वसम्मत पारित
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
उपसभामुख उम्मेदवार रुबीकुमारी ठाकुरको प्रतिक्रिया : “देशलाई सधैँ साथ दिन्छु”