काठमाडौं । उपसभामुख इन्दिरा रानालाई हटाउने सत्ता गठबन्धनका शीर्ष नेताहरुको समझदारीबाट कांग्रेस पछि हटेको छ । प्रधानमन्त्री केपी ओलीको इच्छामा कांग्रेसलाई उपसभामुख दिने गरी अहिलेका उपसभामुख इन्दिरा रानालाई पदअनुकूलको आचरण नगरेको प्रस्ताव अगाडि बढाउने समझदारी काग्रेस सभापति शेरवहादुर देउवा र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले गरेका थिए ।
अन्य केही साना राजनीतिक दललाई समेत मनाएर दुई तिहाई मत बनाएपछि देउवा र ओलीका बीचमा रानालाई हटाउने समझदारी बनेको थियो । तर कांग्रेसभित्रै शेखर कोइरालाको असन्तुष्टि र महामन्त्रीद्दय विश्वप्रकाश शर्मा र गगन थापाको विरोधपछि कांग्रेस अब उपसभामुख हटाउने प्रस्ताववाट पछि हटेको हो । ‘अब हामी यो खेलमा लाग्दैनौं, उपसभामुखलाई हटाउने प्रस्तावबाट कांग्रेस पछि हटिसकेको छ,’ कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘उपसभामुखको विषयमा अहिले केही पनि प्रक्रिया अगाडि बढ्दैन । अहिले आचरणसम्बन्धी केही पनि हुँदैन ।
हामीले सोमबार यसबारेमा पार्टी सभापतिको निवासमा सामान्य छलफल ग¥यौँ र अहिले केही पनि नगर्ने भनेर स्पष्ट पा¥यौँ ।’ खासगरी कांग्रेसका महामन्त्रीद्दय गगन र विश्वप्रकाशले प्रधानमन्त्री केपी ओलीको डिजाइनमा उनलाई मन लागेका जे विषयमा पनि ल्याप्चेमात्रै ठोक्दै जाने हो भने कांग्रेसलाई नै घाटा पुग्ने र यसले आसन्न रुपन्देही ३ को उपचुनावमा पनि सकारात्मक नतिजा ल्याउन नसक्ने विफ्रिङ गरेपछि देउवा उपसभामुखको विषयमा अब अगाडी नबढने निश्कर्षमा पुगेका हुन् ।
सरकारका पछिल्ला गतिविधिले जनतामा बढ्दै गएको निरासाको सम्बोधन गर्न नसकेको र त्यसका लाभ राष्टिय स्वतन्त्र पार्टीले लिईरहेकोले यस्तो घटनामा पार्टी केन्द्रीत हुन नहुने सुझाव विश्वप्रकाश र गगनको थियो ।
सोमबार सभापति शेरबहादुर देउवानिवासमा बसेको संसदीय दल कार्यसमिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उपसभामुखविरुद्ध आचरणको प्रस्ताव अगाडि बढाउन अहिले उपयुक्त समय नभएको र यस्तो कदम चाले त्यसले रूपन्देही– ३ को उपनिर्वाचनमा प्रभाव पार्ने भन्दै सभापति देउवाको ध्यानाकर्षण गराएका थिए ।
बैठकमा रूपन्देहीबाट फर्केका महामन्त्री शर्माले चुनावी परिवेशको ब्रिफिङ गरेका थिए । शर्मा उपनिर्वाचनमा पार्टीको अवस्था बुझ्न भन्दै रूपन्देही–३ गएका थिए ।
देउवाले उपसभामुखविरुद्ध हस्ताक्षर गराउँदा किन असन्तुष्टि भनेर सोधेपछि महामन्त्री शर्माले रूपन्देही– ३ मा हुन लागेको उपनिर्वाचन, सरकारका कामकारबाहीप्रति नागरिकको असन्तुष्टिलगायत विषयहरू देखाएका थिए । त्यसपछि देउवापनि त्यसो भए अहिले अगाडी नबढौं भन्ने निश्कर्षमा पुगेको घिमिरेले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० भदौ २०८२, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुखलाई हटाउने प्रयासमा शेखर पक्षले जनायो असन्तुष्टि
उपसभामुख हटाउने कुरा आए हामी विरुद्धमा जान्छौं: एकीकृत समाजवादी
उपसभामुखलाई हटाउन एमाले र कांग्रेस सांसदहरूको हस्ताक्षर सुरु
उपसभामुख राना चीन भ्रमण सकेर स्वदेश फिर्ता
उपसभामुख राना चीन भ्रमणमा
संसदीय अभ्यासमा सुधारको आवश्यकता छ : उपसभामुख राना