काठमाडौ । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन र नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग द्विपक्षीय बैठक सुरु भएको छ।
आइतबार काठमाडौँको याक एन्ड यति होटेलमा दुवै उपराष्ट्रपतिहरूको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सुरु भएको हो। वार्तामा व्यापार, लगानी, जलविद्युत, र सांस्कृतिक सहकार्यका विषयमा छलफल हुने छ।
वार्तापछि संयुक्त पत्रकार सम्मेलन समेत हुने छ। नेपालका उपराष्ट्रपतिको को निमन्त्रणामा नेपाल-भियतनाम कूटनीतिक सम्बन्धको ५० औं वार्षिकोत्सवको अवसरमा सुआनको भ्रमण भएको हो।
सुआनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
नेपाल र भियतनामबीच १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। हाल दुई देशबीचको वार्षिक व्यापार १०० मिलियन डलरभन्दा कम छ।
भोलि सोमबार सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने छिन र काठमाडौँ तथा ललितपुरका ऐतिहासिक स्थलहरूको भ्रमण गर्ने कार्यतालिका छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ भदौ २०८२, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगको बैठक बस्दै
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
सञ्चारमन्त्रीले बोलाए बैठक, फेसबुकलगायत समाजिक सञ्जाल बन्दको गराउँलान् निर्णय ?
उपसभामुख हटाउने सत्ताधारीको तयारीविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको बैठक
उपसभामुख हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूले बोलाए बैठक
आज दुई संसदीय समितिको बैठक बस्दै