म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको यात्रा ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलब पाँच मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । पुल बनेपछि खोल्सा र जङ्गलमा घुमाउरो बाटो हिड्नुपर्ने समस्या हटेको मङ्गला गाउँपालिका–४ का मनमाया चोचाङ्गीले बताए ।
“धापुङ्ग र महेश गाउँका एक सय पाँच घरपरिवारलाई वडा कार्यालय जान एक घण्टाको बाटो ३० मिनेटमा छोटिएको छ,” उनले भने, “बर्खामा न्युखोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता पनि हटेको छ ।”
रु ५७ लाख १० हजार ८६० लागत अनुमान गरिएको पुल उपभोक्ता समितिबाट निर्माण गरिएको हो । उपभोक्ता समितिले रु। ६४ हजार नौ सय ६१ बराबरको श्रमदान गरेका छन् ।
रु ११ लाख ६६ हजार ४२४ मा स्टिल पाटर््स खरिद र उपभोक्ता समितिलाई रु ३१ लख ८३ हजार ९१ भुक्तानी भएको मङ्गला गाउँपालिकाका प्राबिधिक शाखा प्रमुख सवइञ्जिनियर रुचेन्द्र अधिकारीले बताए।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०७ भदौ २०८२, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई करोड ३१ लाखमा बन्यो झोलुङ्गे पुल
आगामी आर्थिक वर्षमा सरकारले २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित
झोलुङ्गे पुल सञ्चालनमा, स्वरोजगार बन्दै स्थानीय
देवघाटको झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिममा
रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण