म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथि रु दुई करोड ३१ लाख ३६ हजार ७५० को लागतमा ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ।
पोखरास्थित स्थानीय पूर्वाधार विकास आयोजनाले पुुल निर्माण गरेको हो।
पुल बनेपछि धौलागिरि चक्रीय पदमार्गमा जाने पर्यटकलाई सहज भएको छ। साथै दर, मुदी, खिवाङ, नेरवाङ, बगर, नाउराका बासिन्दा लामो बाटो भएर गाउँपालिकाको केन्द्र मुना पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन्।
विसं २०८२ को मङ्सिरसम्ममा पूरा गर्नेगरी सम्झौता भएकामा निर्माण कम्पनीले हाले काम पूरा गरेर पूर्वाधार कार्यालयलाई हस्तान्तरण गरेसँगै पुल सञ्चालनमा आएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ असार २०८२, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी आर्थिक वर्षमा सरकारले २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित
झोलुङ्गे पुल सञ्चालनमा, स्वरोजगार बन्दै स्थानीय
देवघाटको झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिममा
रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण
लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण