काठमाडौं । संघीय संसद सचिवालयले जारी गरेको सूचनाअनुसार प्रतिनिधि सभाअन्तर्गतका दुई संसदीय समितिहरूले मंगलबार (भाद्र ३ गते) आ–आफ्ना बैठक बस्दै छन्। दुवै समितिले दुई–दुई कार्यसूची तय गरेका छन्।
कानुन, न्याय तथा मानव अधिकार समिति
सचिवालयद्वारा प्रकाशित सूचनाअनुसार समितिको सतहत्तरौं बैठक मंगलबार दिउँसो १ बजे सिंहदरबारस्थित काठघर नं. २ मा बस्नेछ। बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धी दफावार छलफल गर्ने तथा विविध विषयमा छलफल गर्ने एजेण्डा राखिएको छ।
अर्थ समिति
यस्तै, अर्थ समितिको बैठक पनि मंगलबार दिउँसो ३ बजे संघीय संसद सचिवालयको भवन नं. १ (हल नं. ४०२) मा बस्नेछ। उक्त बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने र विविध विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ भदौ २०८२, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
दुई संसदीय समितिको बैठक बस्दै
दुईवटा संसदीय समितिको बैठक बस्दै
दुई संसदीय समितिको बैठक बस्दै
मुख्यसचिव र मुख्यरजिष्ट्रारको पदावधि २ वर्ष र सचिवको ४ वर्ष राख्ने संसदीय समितिमा सहमति
तीन संसदीय समितिको बैठक आज, यी हुन् एजेन्डा