यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी

रासस

आइतबार, ०१ भदौ २०८२, १३ : ०३
यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका नेपालीको कैद मिनाह गर्ने भएको छ । इस्लाम धर्मावलम्बीको महान पर्व ईद अल(अदाहका अवसरमा विभिन्न कसुरमा यूएईको जेलमा सजाय भोगिरहेका १२० जना नेपालीको बाँकी सजाय अवधि मिनाह गरी आममाफी प्रदान गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

“नेपालीहरुको कैद सजाय मिनाह गरिएकामा नेपाली दूतावास, अबुधावीले संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ”, दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस