बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार लैजान रुपन्देही कारागार भैरहवाबाट बाहिर निकालिएको छ ।लामिछानेलाई कारागारबाट गौतमबुद्ध विमानस्थल लगिने र बुद्ध एअरको जहाज मार्फत काठमाडौं लगिंदै छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिएपनि गृह प्रशासनले रोकेको थियो ।
कारागार सरुवा रोकेपछि रास्वपा ले संसदमै विरोध जनाएको थियो । रवि पत्नी निकिता पौडेलले अन्तराष्ट्रिय मानव अधिकारवादी संस्थासम्म पुग्ने बताएकी थिइन् । यस्तै मानव अधिकार आयोगको टोलीले केही दिन अघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यानको समेत असुरक्षा रहेको र बसाई असहज भएको बताएपछि सरकारमाथि दबाब परेको थियो ।
सोही अनुसार लामिछानेलाई काठमाडौं सार्न तयार भएको हो । रविलाई कारागार स्थानान्तरण गर्ने भएपछि भैरहवा कारागार अगाडि रास्वपा नेता कार्यकर्ताको भीड लागेको थियो ।
लामिछाने लाई ३:१० को फ्लाइटमा लैजाने भनिएपनि कारागारबाट बाहिर निकाल्न ढिला भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ साउन २०८२, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण अभियोग संशोधनसम्बन्धी विवादमा मूल कागजात झिकाउन आदेश
निर्वाचन प्रचार-प्रसारका क्रममा संयम र मर्यादालाई प्राथमिकतामा राख्न रवि लामिछानेको निर्देशन
अदालतले माग्यो रवि लामिछानेसँग १ करोड धरौटी
‘अब बालेनले देश बनाउँछ’: रवि लामिछाने
रविविरुद्धको आरोप पत्र संशोधन स्वीकृति दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता