एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लिभरपुलले विजयी सुरुवात गरेको छ । गएराति एनफिल्डमा भएको खेलमा बर्नमाउथलाई ४–२ गोलले हराउँदै लिभरपुलले सुखद सुरुवात गरेको हो ।
लिभरपुलका लागि ह्युगो एकिटिके, कोडी गाक्पो, फेडेरिको चिएसा र मोहम्मद सलाहले गोल गरेका थिए । बर्नमाउथका एन्टोइन सेमेन्होले २ गोल फर्काए ।
खेलको ३७औँ मिनेटमा लिभरपुलका ह्युगोले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, खेलको ४९औँ मिनेटमा कोडीले गोल गर्दै लिभरपुलको अग्रतालाई दोब्बर बनाए ।
यस्तै, ६४औँ र ७६औँ मिनेटमा बर्नमाउथका सेमेन्होले गोल फर्काउँदै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि लिभरपुलका फेडेरिकोले ८८औँ मिनेट र सलाहले इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै टोलीलाई ४–२ गोलको जित दिलाए ।
यो जितसँगै लिभरपुलले नयाँ सिजनमा पहिलो खेलबाट ३ अंक जोडेको छ । बर्नमाउथले हारबाट सिजनको सुरुवात गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ साउन २०८२, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इंग्लिस प्रिमियर लिग : आर्सनलको लगातार दोस्रो जित
इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात