इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

सफल खबर संवाददाता

आइतबार, ११ माघ २०८२, ०९ : २४
इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुल पराजित भएको छ । बोर्नमाउथले लिभरपुलमाथि ३–२ गोल अन्तरको जित निकालेको हो ।

प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा घरेलु मैदानमा बोर्नमाउथले रोमाञ्चक जित निकालेको हो । बोर्नमाउथको जितमा खेलको २६ औं मिनेटमा इभानिल्सनले पहिलो गोल गरे । उसका लागि ३३ औं मिनेटमा एलेक्स जिमेनेजले दोस्रो गोल गरे भने खेलको अन्तिम समयमा अमिन आदलीले निर्णयक गोल गरेका हुन् ।

लिभरपुलका लागि भर्जिल भान डाइकले पहिलो हाफको अतिरिक्त समय र डोमिनिक सोबोस्लाइनले खेलको ८० औं मिनेटमा गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त भएन ।

लिभरपुललाई रोक्न गएराति भएको खेलमा बोर्नमाउथको रक्षा पंक्तिले महत्त्वपूर्ण योगदान दिएको थियो । यो जितसँगै बोर्नमाथले २३ खेलबाट ३० अंक बनाएको छ । लिभरपुल समान खेल खेल्दै ३६ अंकका साथ तालिकाको चौथो स्थानमा छ भने यो जितसँगै बोर्नमाउथ १३ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस