इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडमाथि आर्सनलको जित

एजेन्सी

सोमबार, ०२ भदौ २०८२, ०९ : २३
इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडमाथि आर्सनलको जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा आर्सनलले विजयी सुरुवात गरेको छ ।

आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० गोलले हराउँदै युनाइटेड विजयी भएको हो ।

आर्सनलका लागि डिफेन्डर रिकार्डो कालाफियोरीले गोल गरेका थिए । उनले खेलको १३औँ मिनेटमा हेडमार्फत गरेको गोल नै आर्सनलको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै आर्सनल पहिलो खेलबाट ३ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा रहेको छ । म्यानचेस्टर युनाइटेडले सिजनको पहिलो खेलमै हार बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस