एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आज इंग्लिस प्रिमियर लिगमा ब्राइटनविरुद्ध खेल्दै छ । म्यानचेस्टरको यो ब्राइटनविरुद्धको पहिलो खेल हो । म्यानचेस्टरले दोस्रो खेल सन् २०२६ को मे मा खेल्नेछ ।
खेल म्यानचेस्टरको घरेलु मैदान ओल्ड ट्राफोर्डमा नेपाली समय अनुसार राति १०ः१५ बजे हुनेछ । म्यानचेस्टरले तालिकामा १३ अंक बनाएको छ । तालिकाको नवौं स्थानमा रहेको म्यानचेस्टरले आठ खेल खेल्दा चार जित, एक बराबरी र तीन हार व्यहोरेको छ ।
म्यानचेस्टरसँगै एक अंक कम बनाएको ब्राइटन तालिकाको १०औँ स्थानमा छ । ब्राइटनले आठ खेल खेल्दा समान तीन जित र बराबरीसहित दुई हार व्यहोरेको छ ।
योसँगै आज प्रिमियर लिगका अरु दुई खेल पनि हुँदै छन् । लिगअन्तर्गत न्यूक्यासलले अर्काे इंग्लिस क्लब फुलहमविरुद्ध खेल्दै छ । खेल न्यूक्यासलको घरेलु मैदान सेन्ट जेम्सपार्कमा नेपाली समयअनुसार साँझ ७ः४५ बजे हुनेछ ।
चेल्सीले पनि सन्डरल्यान्डलाई आतिथ्यता दिँदैछ । चेल्सीको यो सन्डरल्यान्डविरुद्धको घरेलु खेल लन्डनको स्टामफोर्ड ब्रिज रंगशालामा नेपाली समयअनुसार ७ः४५ बजे हुनेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०८ कार्तिक २०८२, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इंग्लिस प्रिमियर लिग : ब्राइटनविरुद्ध एभर्टनको जित
इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडमाथि आर्सनलको जित
इंग्लिस प्रिमियर लिग : बर्नलीविरुद्ध टोटनहमको जित
इंग्लिस प्रिमियर लिग : लिभरपुलको विजयी सुरुवात