इंग्लिस प्रिमियर लिग : बर्नलीविरुद्ध टोटनहमको जित

सफल खबर संवाददाता

आइतबार, ०१ भदौ २०८२, ०८ : १३
इंग्लिस प्रिमियर लिग : बर्नलीविरुद्ध टोटनहमको जित

एजेन्सी ।   शनिबार राति भएको खेलमा बर्नलीलाई ३–० गोलले हराउँदै टोटनहम हट्सपरले सहज जित निकालेको हो ।

टोटनहमका लागि रिचार्लिसनले दुई तथा ब्रेनन जेनसनले एक गोल गरेका थिए ।

रिचार्लिसनले खेलको १०औँ र ६०औँ मिनेटमा गोल गरेका थिए । त्यसपछि ६६औँ मिनेटमा ब्रेननले गोल थप्दै टोटनहमलाई ३–० गोलको जित दिलाए ।

यो जितसँगै टोटनहम आफ्नो पहिलो खेलबाट ३ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । बर्नलीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस