इंग्लिस प्रिमियर लिग: उपाधि होडमा आर्सनल थप बलियो

सफल खबर संवाददाता

सोमबार, ११ फागुन २०८२, ०९ : १४
इंग्लिस प्रिमियर लिग: उपाधि होडमा आर्सनल थप बलियो

एजेन्सी । एजे र भिक्टर ग्योकेरेसले समान २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा आर्सनलले अंक तालिकामा फराकिलो अग्रता बनाउँदै उपाधि होडलाई थप बलियो बनाएको छ। 

आइतबार राति भएको खेलमा टोटनहम हट्पुरलाई ४–१ ले पराजित गर्दै शीर्ष स्थानको आर्सनलले उपाधि होड थप बलियो बनाएको हो। 

प्रिमियर लिगको उपाधि होडमा रहेको आर्सनलले शीर्ष स्थानमा ५ अंकको फराकिलो अग्रता कायम गरेको छ। २८ खेलबाट १८ खेलमा जित, ७ खेलमा बराबरी र ३ खेलमा हार भोगेको आर्सनल ६१ अंकमा तालिकाको शीर्ष स्थानमा छ। 

आर्सनलभन्दा एक खेल कम खेलेको म्यानचेष्टर सिटी १७ खेलमा जित र समान ५ खेलमा जित र बराबरीको नतिजा निकाल्दै ५६ अंकमा तालिकाको दोस्रो स्थानमा छ। 

नर्थ लडन डर्वीमा भएको खेलमा आर्सनलले खेलको ३२ औँ मिनेटमा इजेको गोलमा सुरुवाती अग्रता लिएको थियो। त्यसको २ मिनेटमा नै रान्डल कोलो मुआनको गोलमा टोटनहम बराबरीको अवस्थामा आएको थियो। 

तर पहिलो हाफ सकिनु दुई मिनेट अघि नै २० यार्ड परबाट भिक्टोरले उत्कृष्ट गोल गरेपछि आर्सनलले खेलमा पुनः अग्रता बनाएको थियो। खेलको ६१ औँ मिनेटमा पेनाल्टी एरियाबाट एजेले व्यक्तीगत दोस्रो गोल गर्दा टोलीका लागि तेस्रो गोल गरे। 

खेलको इन्ज्युरी समयमा भिक्टोरले अर्को गोल थप्दै आर्सनललाई ४–१ को जित दिलाए। 

गएराति नै भएको खेलमा लिभरपुलले नटिंघम फरेष्टमाथि १–० को संर्घषपूर्ण जित दर्ता गरेको छ। अर्को खेलमा फूलहामले सन्डरल्यान्डलाई ३–१ ले हराउँदा क्रिष्टल प्यालेसले वुल्भ्सलाई १–० ले पाखा लगायो।