एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले पहिलो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा ब्राइटनलाई २–० गोलले हराउँदै एभर्टन विजयी भएको हो ।
एभर्टनका लागि इलिमान नडियाये र जेम्स गार्नरले एक–एक गोल गरेका थिए । इलिमानले खेलको २३औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै ५२औँ मिनेटमा गार्नरले गरेको गोलसँगै एभर्टनले २–० गोलको जित निकालेको हो ।
यो जितसँगै दुई खेलबाट ३ अंक जोडेको एभर्टन अंक तालिकाको आठौँ स्थानमा छ । पराजित भएको ब्राइटन १ अंकसहित १८औँ स्थानमा छ ।
यस्तै, गएराति नै भएका अन्य खेलमा म्यानचेस्टर युनाइटेड र फुलहम तथा क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्टले १–१ गोलको बराबरी खेलेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०९ भदौ २०८२, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडमाथि आर्सनलको जित
इंग्लिस प्रिमियर लिग : बर्नलीविरुद्ध टोटनहमको जित
इंग्लिस प्रिमियर लिग : लिभरपुलको विजयी सुरुवात