मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज संसदबाट विश्वासको मत लिँदैछन् । दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकारको नेतृत्व गरेका बानियाँले आज नेपालको संविधानको धारा १६८ उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेका हुन् ।
साउन २० मा कांग्रेस–एमालेका ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँलाई सरकार जोगाउन ११० सदस्यीय बागमती प्रदेशसभामा कम्तीमा ५६ सांसदको समर्थन आवश्यक हुन्छ ।
यसअघि मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेससहित साझेदार दल एमालेले पनि ह्वीप जारी गरिसकेको छ । गत साउन २४ मा सूचना जारी गर्दै दुवै पार्टी आफ्ना सांसदहरूलाई ह्विप जारी गरेर मुख्यमन्त्री बानियाँको पक्षमा मतदान गर्न निर्देशन गरेका छन् ।
प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका २१, राप्रपाका १३ (सभामुख सहित), एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ साउन २०८२, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस सबै समुदायको साझा घर हो, विभाजनले समाजलाई कमजोर बनाउँछ : मुख्यमन्त्री यादव
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार
मधेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता यादव नियुक्त