काठमाडौ । हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउने उद्देश्यले उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका छन्।
उनीहरू फ्लाइ दुबईको विमानमार्फत इजरायलतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भावुक माहोल देखिएको थियो। विमानस्थल प्रवेश गर्दा आमा र छोरी दुवैको आँसु थामिन सकेन।
इजरायल सरकारले विपिनको रिहाइका लागि अभियानलाई सशक्त बनाउने उद्देश्यका साथ उनीहरूलाई त्यहाँ लैजान लागेको हो। विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। जसअनुसार विपिन विपिन वि.सं. २०८० असोज २० गतेदेखि परिवारको सम्पर्कमा छैनन्। हमासद्वारा कब्जा गरिएका कैयन् बन्दी रिहा भइसक्दा उनको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।
हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए। हमासले फालेको ‘ग्रिनेड’ अर्कोतर्फ फालेर नेपाली विद्यार्थी जोगाउने विपिनलाई हमासले बन्धक बनाएर लगेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ साउन २०८२, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुँदै
विपिनको पार्थिव शरीरमा प्रधानमन्त्रीसहितले दिए श्रद्धाञ्जली
विपिन जोशीको शव आइपुग्यो
विपिन जोशीको शव आज काठमाडौँ ल्याइँदै
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
विपिन जोशीका आमा र बहिनी स्वदेश फर्किए