काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको पहिचानको रुपमा रहेको राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारिएको बताएका छन् । नेपाली जनताको अभिमत बिना बिदेशी शक्तिको प्रभाब र प्रायोजनमा जबर्जस्ति लादिएको एजेन्डाले मुलुकको हित गर्न नसकिने उनले दाबी गरे ।
संघीयता नेपाली जनताले बुझ्दै नबुझेको भन्दै संघीयताको नाममा मुलुकले सेतो हात्ती पाल्न नसक्ने थापाले स्पष्ट पारे । २०६२/०६३ को परिबर्तनको समयमा आफुले धेरै नजिकबाट बिदेशी दबाब र प्रभाबलाई देखेको भोगेको थापाको दाबी थियो । मुकुकमा अहिले राजनितिको नाममा सिद्धान्तच्युत , भ्रष्ट , नौटङ्गी, ठगहरु हाबी भएको भन्दै थापाले मुलुकलाई स्वाधिन र समृद्ध बनाउने हो भने राप्रपा नेपालले लिएको बिचारधाराबाट मुलुकलाई अघि बढाउनु पर्नेमा उनको जोड थियो ।
मुलुकलाई बचाउन र बनाउन अब सम्बर्द्धनबादको मार्ग बाहेक अरु विकल्प नभएको भन्दै थापाले राप्रपा नेपाललाई मुलुकको बैकल्पिक राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा आफू अझै उच्च मनोबल सहित कृयाशिल भएको उनको धारणा थियो । आज आयोजित पार्टी प्रवेश कार्यक्रममा डा. बालकृष्ण दाहाल, डा.सुदर्शन सुबेदी, अर्थबिद प्रकाश थापा, कृषी बिज्ञ अश्विन आचार्य, बिष्णु तिवारी लगायत विभिन्न महत्त्वपूर्ण ब्यक्तिहरुलाई अध्यक्ष थापाले पार्टीमा स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ साउन २०८२, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ