सुर्खेत । कालिकोटको खाँडाचक्र नगरपालिका–१० मा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी वीरबहादुर सुनारले रातोपाटीलाई दिएको जानकारी अनुसार कर्णाली प्रदेश ०२–००१ च ०२७६ नम्बरको फोर्स जिप दुर्घटनामा परेको हो ।
उनका अनुसार कर्णाली राजमार्ग अन्तर्गत जुम्ला–कालिकोट सडक खण्डको खाँडाचक्र नगरपालिका–१० गोलुवा भन्ने स्थानमा शुक्रबार बिहान करिब साढे ८ बजेतिर जिप दुर्घटना भएको हो ।
जिप सडकबाट करिब १०० मिटर तल खसेको उनले बताए । घाइतेहरूलाई उद्धार गरेर जिल्ला अस्पताल कालिकोटमा ल्याइएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ । उनीहरूको पहिचान भने खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ साउन २०८२, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडीमा जिप दुर्घटना: ३ जनाको मृत्यु, ६ जना घाइते
ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु
बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
हुम्ला जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट लगियो सुर्खेत
हुम्लाको चंखेलीमा जिप दुर्घटना
जिप दुर्घटनामा एकको मृत्यु, तीन घाइते