काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व परराष्ट्रमन्त्री कमल थापाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा दबाब बढाउन उनका बाबुमाआलाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्ने बताएका छन् ।
सामाजिक सञ्जालमा थापाले लेखेका छन्–'विश्वका कतिपय मुलुकहरूले आतङ्ककारी घोषित गरिएको हमास समूहले करिब दुई वर्षदेखि बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीलाई रिहा गराउन अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यका साथ इजरायल सरकारले उनको बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ र अमेरिका लैजाने निर्णय गरेको सुन्दा अलि अनौठो लागेको छ। यस कार्यलाई अनुमति दिने बारे नेपाल सरकारले गम्भीर भएर सोच्न आग्रह गर्दछु।'
थापाले थप लेखेका छन्– 'हमाससँग युद्धरत रहेको र पछिल्लो समय मानव अधिकार उल्लंघनको कारण विवाद र आलोचनामा रहेको इजरायल सरकारको यो कार्य प्रत्युत्पादक हुन सक्दछ । इजरायल सरकारको सदासयताप्रति धन्यवाद व्यक्त गर्दै सरकारले अन्य विकल्प खोज्नु उपयुक्त हुन्छ। सरकारको ध्यान जाओस् ।'
अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न त्यसै पनि ढिला भइसकेको र यसमा नेपाल सरकार चुकेको थापाको भनाइ छ। अन्तर्राष्ट्रिय रेडक्रस जस्ता मानवीय संस्थाहरूको सहयोग लिएर अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्नु उपयुक्त हुनेतर्फ उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ साउन २०८२, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
राजावादीका लागि अनुकूल समय आयो : कमल थापा