काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व परराष्ट्रमन्त्री कमल थापाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा दबाब बढाउन उनका बाबुमाआलाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्ने बताएका छन् ।
सामाजिक सञ्जालमा थापाले लेखेका छन्–'विश्वका कतिपय मुलुकहरूले आतङ्ककारी घोषित गरिएको हमास समूहले करिब दुई वर्षदेखि बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीलाई रिहा गराउन अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यका साथ इजरायल सरकारले उनको बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ र अमेरिका लैजाने निर्णय गरेको सुन्दा अलि अनौठो लागेको छ। यस कार्यलाई अनुमति दिने बारे नेपाल सरकारले गम्भीर भएर सोच्न आग्रह गर्दछु।'
थापाले थप लेखेका छन्– 'हमाससँग युद्धरत रहेको र पछिल्लो समय मानव अधिकार उल्लंघनको कारण विवाद र आलोचनामा रहेको इजरायल सरकारको यो कार्य प्रत्युत्पादक हुन सक्दछ । इजरायल सरकारको सदासयताप्रति धन्यवाद व्यक्त गर्दै सरकारले अन्य विकल्प खोज्नु उपयुक्त हुन्छ। सरकारको ध्यान जाओस् ।'
अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न त्यसै पनि ढिला भइसकेको र यसमा नेपाल सरकार चुकेको थापाको भनाइ छ। अन्तर्राष्ट्रिय रेडक्रस जस्ता मानवीय संस्थाहरूको सहयोग लिएर अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्नु उपयुक्त हुनेतर्फ उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ साउन २०८२, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ