काठमाडौँ । सेयर बजारमा सामान्य सुधार आएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.३५ अङ्कले बढेर २८३६.३५ विन्दुमा पुगेर बन्द भएको छ । परिसूचकमा सामान्य वृद्धि भए पनि आज कारोबार भने निराशाजनक देखिएको छ । आज बजारमा कुल ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ रुपैयाँ बराबरको कुल कारोबार भयो ।
आज कारोबारमा आएका कम्पनीहरूमध्ये ११२ वटाको मूल्य बढेको छ भने १३८ वटाको मूल्य घटेको छ । बजारको पुँजीकरण बढ्ने कम्पनीभन्दा घट्ने कम्पनीको सङ्ख्या धेरै भए पनि परिसूचक भने हरियो भएर बन्द भएको छ हो ।
आज सबैभन्दा धेरै कमाउनेमा विन नेपाल लघुवित्त, महुली लघुवित्त र ट्रेड टावर कम्पनी रहेका छन् । यी कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।अघिल्ला दुई दिन घटेको ट्रेड टावर आज सर्किट लेभलमा बढेको छ । सबैभन्दा धेरै गुमाउने थ्रिस्टार हाइड्रोपावरको मूल्य ३.७८ प्रतिशतले घटेको देखिएको छ ।
कारोबार रकमको आधारमा आज ङादी ग्रुप पावर र हिमालयन रिइन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि रह्यो । यी कम्पनीको क्रमशः २९ करोड ४५ लाख र एचआरएलको २८ करोड २ लाखको कारोबार भयो ।
आज बजारमा आठ वटा समूहका सूचक घट्दा पाँच वटा मात्रै बढेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ साउन २०८२, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, १० अर्ब ८२ करोडको कारोबार
नेप्से २८५८ अंकमा, १३ अर्ब ७ करोडको कारोबार
सेयर बजारमा गिरावट, पाँच कम्पनीमा सकारात्मक सर्किट
३ हजार अंक मुनि झर्यो सेयर बजार
सेयर बजार ४ वर्षयताकै उच्च विन्दुमा, परिसूचक ३ हजार माथि
२९६२ अंकमा झर्यो सेयर बजार