काठमाडौँ । आज चार वटा संसदीय समितिको बैठक बस्ने भएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएका हुन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौतीलगायतका विषयमा’ समसामयिक छलफल गर्ने कार्यसूची छ । बैठक बिहान १० बजे सुरु हुनेछ ।
बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा दफावार छलफल हुनेछ ।
विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ । बैठक बिहान ११ बजे सुरु हुनेछ ।
त्यस्तै, दिउसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदन’का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ साउन २०८२, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भयरहित वातावरणमा निर्वाचन हुने सुनिश्चितता गर्न संसदीय समितिको निर्देशन
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
दुई संसदीय समितिको बैठक बस्दै
दुईवटा संसदीय समितिको बैठक बस्दै
दुई संसदीय समितिको बैठक बस्दै
मुख्यसचिव र मुख्यरजिष्ट्रारको पदावधि २ वर्ष र सचिवको ४ वर्ष राख्ने संसदीय समितिमा सहमति