काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार घटेको सेयर बजार आज सोमबार सम्हालिएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ८.६२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २८६७ अंकमा कायम भएको छ ।
गत मंगलबार ३००२ अंकसम्म पुगेको बजार लगातार तीन कारोबार दिन कुल १४४ अंक घट्दै हिजो आइतबार २८५८ मा झरेको थियो । आजको कारोबारका क्रममा बजार केही उतारचढावमा रह्यो । दिउँसो १ : १२ बजे न्यूनतम २८३३ अंकसम्म बजार झर्यो भने २ : ३४ बजे अधिकतम २८८९ अंकसम्म पुग्यो ।
तीन दिनपछि बढेको बजारमा कारोबार रकम घटेको छ । अघिल्लो दिन १३ अर्ब ७ करोडको कारोबार भएकोमा आज १० अर्ब ८२ करोडको भयो । १४० कम्पनीको मूल्य बढ्दा ११० को घट्यो ।
आज बैंकिङ ०.६८ प्रतिशत बढ्यो । त्यस्तै जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.५६, हाइड्रोपावर ०.०९ प्रतिशत बढे । होटल तथा पर्यटन ०.३९, विकास बैंक ०.०६, अन्य ०.४२, उत्पादन तथा प्रशोधन ०.२१, निर्जीवन बीमा ०.५३ तथा फाइनान्स ०.८२ प्रतिशत घटे ।
सिक्लेस हाइड्रोपावरको ५.७३, स्वेतगंगा हाइड्रोपावरको ५.१२, विन्ध्यबासिनी हाइड्रोपावरको ४.७२ तथा माछापुच्छ्रे बैंकको ४.५१ प्रतिशत मूल्य बढ्यो ।अघिल्लो दिनसम्म १० प्रतिशत मूल्य बढेको ट्रेड टावर आज १० प्रतिशत घट्यो । त्यस्तै थ्रीस्टार हाइड्रोपावरको ३.२६, नेपाल फाइनान्सको ३.१४ तथा सप्तकोशी विकास बैंकको ३.१४ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप पावर र नेपाल पुनर्बीमा क्रमशः अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ साउन २०८२, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
यो साता २.२ प्रतिशतले घट्यो सेयर बजार
सेयर बजार २७१९ अंकमा झर्यो
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार
सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारका सबै सूचक घटे