काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि जारी स्थायी समिति बैठकमा छलफल चलिरहेको बताएका छन्।
शनिबार भिमदत्त पन्तको ३२ औँ स्मृति दिवसका अवसरका पार्टी सम्बद्ध किसान संगठनले गरेको कार्यक्रममा उनले बैठकले पार्टीलाई एकताबद्ध गरेर जाने बताए l
अर्का उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्वबारे सार्वजनिक रूपमा दिएका अभिव्यक्तिलाई लिएर माओवादी स्थायी समितिमा छलफल भइरहेका बेला पुनको यो भनाइ आएको हो।
नेताहरूलाई जति रिस उठे पनि दायाँबायाँ गर्न र भाग्न नपाउने भन्दै पुनले इतिहासको जिम्मेवारी नलिने व्यक्ति नेता हुन नसक्ने तर्क गरे।
‘पार्टी स्थायी समितिको बैठक चलिरहेको छ। हामी मर्यादित र जनवादी वातावरणमा छलफल गर्छौँ। पार्टीलाई एकताबद्ध गर्ने कोशिस गर्छौँ’, पुनले भने।
उनले जारी बैठकले पार्टीलाई एकताबद्ध गरेर विधिसम्मत ढंगले अघि बढाउने बताए। सत्तासीन दल र माओवादीका दुश्मन शक्तिहरूले टुटफुट र विभाजनमा लैजान कोशिस गर्न सक्नेतर्फ सचेत हुन पार्टी नेतृत्व र कार्यकर्तालाई आग्रह गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ साउन २०८२, १८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह
पुराना दलप्रति जनआक्रोशको कारणबारे समीक्षा आवश्यक: वर्षमान पुन
सम्पत्ति शुद्धीकरण गर्न पाइँदैन, नियन्त्रण गर्ने विभाग छ : वर्षमान पुन
सरकारले आफ्नो वाचा विपरित ऋण लिँदैछ, जवाफ दिनुपर्छः नेकपा नेता पुन
नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले संसदलाई सम्बोधन गर्ने
‘नेकपा धुलो टक्टकाएर फेरि उठ्छ’ : वर्षमान पुन