काठमाडौं । बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । सडकखण्डको विभिन्न ठाउँका डाइभर्सनहरू बगाएका कारण सवारी आवागमन बन्द रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । रोशी खोलामा शनिबार राति पानीको बहाव अचानक बढ्दा डाइभर्सन बगाएकाे हाे ।
राजमार्गअन्तर्गत कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउने लगायतका बीचका अन्य डाइभर्सनहरू बगाएको हुनाले बाटो मर्मत गरी सवारी आवागमन सुचारु गर्न समय लाग्ने प्रहरीले जनाएको छ । सडकको अवस्थाको सम्बन्धमा जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
"बीपी राजमार्गअन्तर्गत कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउने लगायतका बीचका अन्य डाइभर्सनहरू बगाएको हुनाले बाटो मर्मत गरी सवारी आवागमन सुचारु गर्न समय लाग्ने भएको कारण सडकको अवस्थाको सम्बन्धमा जानकारी लिएर मात्रै यात्रा गर्नुहुन अनुरोध गर्दछौँ," प्रहरीले सूचना जारी गर्दै भनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ बैशाख २०८३, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीपी राजमार्ग अवरुद्ध
कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द
पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द
सडक भासिँदा मेची राजमार्ग अवरुद्ध, सवारी सञ्चालनमा रोक
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन
बीपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन