काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ ।
आगामी दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवम् विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ । सो अवधिभर कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न तथा गराउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० मंसिर २०८२, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीपी राजमार्गको डाइभर्सन बगायो, सवारी आवागमन अवरुद्ध
वीपी राजमार्ग अवरुद्ध
पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द
सडक भासिँदा मेची राजमार्ग अवरुद्ध, सवारी सञ्चालनमा रोक
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन
बीपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन