बिहीबारदेखि भइरहेको निरन्तरको वर्षाका कारण मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ।
सडक विभिन्न स्थानमा दबिँदै, भासिँदै र चिरिँदै गएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।त्यसैगरी, तिल्केनी, सिमलगोला, शिल्पुर सडकखण्ड समेत पहिरोका कारण पूर्णरूपमा अवरुद्ध बनेको छ। यी दुबै सडकखण्डमा सवारी साधन सञ्चालन पूर्ण रूपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।
स्थानीय प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘उल्लेखित बाटो हुँदै सवारी सञ्चालनमा अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा रोक लगाइएको व्यहोरा सरोकारवाला सबैमा जानकारी गराउँदछौँ।’
गएराति कोसी प्रदेशका अधिकांश स्थानमा वर्षा भएको छ। वर्षाको कारण अन्य स्थानहरूमा पनि पहिरो र सडक क्षतिको जोखिम बढेको प्रहरीले जनाएको छ।
खोटाङमा समेत एक ठाउँमा सडक अबरुद्ध भएको जानकारी आएको प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी ध्रुबकुमार श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ कार्तिक २०८२, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीपी राजमार्गको डाइभर्सन बगायो, सवारी आवागमन अवरुद्ध
वीपी राजमार्ग अवरुद्ध
कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द
पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन
बीपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन