काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावटको यात्राले निरन्तरता पाएको छ । बुधबारदेखि घट्न सुरु भएको बजारमा आज थप ३१.५० अङ्कको गिरावट आएको हो। योसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९२२.६३ विन्दुमा झरेको छ । बुधबार नेप्से परिसूचक झण्डै ४८ अङ्कले घटेको थियो ।
आज बजारमा कारोबार भएका कुल २५० कम्पनीमध्ये १९८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने जम्मा ५२ कम्पनीको मूल्य मात्र बढेको छ। आज बजारका १३ समूहका सूचकमध्ये फाइनान्स सूचक मात्रै बढेको छ । बाँकी सबै सूचकमा गिरावट आएको छ ।
समग्र बजार ओरालो लागेपनि आज पाँच वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किटको नजिक पुगेको छ । ट्रेड टावर, नेपाल फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य सकारात्मक सर्किटको नजिक पुगेको हो । आज सर्वाधिक गुमाउनेमा भुगोल इनर्जीका लगानीकर्ता रहे ।
जसको सेयर मूल्य ७.१० प्रतिशतले घटेको छ । आज बजारमा कारोबार रकम भने उत्साहजनक देखिएको छ। दिनभरमा ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर किनबेच हुँदा कुल १५ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्सले १ अर्ब ३३ करोडभन्दा बढीको कारोबार गर्दै शीर्ष स्थानमा रह्यो । त्यसैगरी, नेपाल रिइन्स्योरेन्स कम्पनी र हिमालयन डिस्टिलरी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ साउन २०८२, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर कारोबार रकममा गिरावट
सेयर बजारका सबै सूचक बढे
लगातार तेस्रो दिन घट्यो सेयर बजार
२६ अंकले घट्यो सेयर बजार
नेप्सेमा दोहोरो अंकको गिरावट
घट्यो सेयर बजार