काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से फेरि ३ हजार मुनि झरेको छ । अघिल्लो दिन ३००२ अंकमा अडिएको बजार आज ४७.९३ अंक घटेर २९५४ मा झरेको छ ।
कारोबार सुरु भएपछि प्रायः घटेको बजार अन्तिमसम्म कायम रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ । अघिल्लो दिन १८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज १६ अर्ब ४४ करोडको भयो ।
२३ कम्पनीको मूल्य बढ्दा २२६ को घट्यो । अन्यबाहेक सबै समूहका सूचक घटेका छन् । अन्य समूह ०.८५ प्रतिशत बढ्यो । बैंकिङ १.५५, विकास बैंक ३.२७, फाइनान्स २.७०, होटल तथा पर्यटन २.१०, हाइड्रोपावर १.६३, लगानी १.६५, जीवन बीमा १.७६, उत्पादन तथा प्रशोधन १.३२, माइक्रोफाइनान्स ३.२८, निर्जीवन बीमा १.५४ तथा व्यापार १.७२ प्रतिशत घटे ।
दुई कम्पनी सान्भी इनर्जी र ट्रेड टावरको मूल्य १० प्रतिशत बढ्यो । सूचीकृत भएपछि लगातार बढेको सान्भीको मूल्य प्रतिकित्ता ८४५.९० रुपैयाँ पुगेको छ भने ट्रेड टावरको ९४८.९० रुपैयाँ पुगेको छ ।
समता घरेलु लघुवित्तको ६.७४, सिक्लेस हाइड्रोपावरको ५.१६ तथा भूगोल इनर्जीको ३.८२ प्रतिशत मूल्य बढ्यो । ग्रिन डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत घट्यो । त्यस्तै कालिका पावरको ६, सीवाईसी लघुवित्तको ५.४, नाडेप लघुवित्तको ५.४ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, ग्रिन भेन्चर्स र नेपाल पुनर्बीमा क्रमशः अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ साउन २०८२, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार ४ वर्षयताकै उच्च विन्दुमा, परिसूचक ३ हजार माथि
२९६२ अंकमा झर्यो सेयर बजार
नेप्से परिसूचक १८ अङ्कले घट्दा साढे २६ अर्बको कारोबार
लगातार बढ्यो सेयर बजार, १८ अर्ब ४९ करोडको कारोबार
८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार
सेयर बजारमा उतारचढाव, साढे २१ अर्बको कारोबार