न्युयोर्क । अमेरिकाको न्युयोर्कमा आयोजित एक समारोहमा सांसद ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ।
अवार्ड ग्रहण गरेपछि शाहीले कर्णाली र जुम्ली जनताका साथै देश–विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायको विश्वास र साथका लागि हार्दिक आभार व्यक्त गर्दै अवार्डको श्रेय उनीहरूलाई समर्पित गर्ने घोषणा गरे।
शाहीले भने, ‘ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश–विदेशमा रहेका नेपालीहरूको विश्वासको प्रतिफल हो। यो अवार्डले निःसन्देह समाजमा सकारात्मक काम गर्ने प्रेरणा दिनेछ र एकताको भावना थप मजबुत बनाउनेछ।’
उनले कार्यक्रममा सहभागी आयोजक समिति ‘हामी ग्लोबल नेपाली’ को प्रशंसा गर्दै भने, ‘कार्यक्रमलाई सफल बनाउन समितिले गरेको अथक प्रयास, लगनशीलता र समर्पण साँच्चै प्रशंसनीय छ। कार्यक्रमको व्यवस्थापन, प्रस्तुति र समग्र वातावरण अत्यन्तै उत्कृष्ट थियो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ साउन २०८२, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’
ज्ञानेन्द्र शाहीको बोलेको कुरा रेकर्डबाट हटाउन सुनिताको माग
प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा गएकाहरु नफर्केको पुष्टि भइसक्यो : ज्ञानेन्द्र शाही
विरोध भइरहँदा संसद चलाउनु दादागिरी हो : ज्ञानेन्द्र शाही
सरकारले राष्ट्र बैंकको गभर्नर कानुन विपरीतको व्यक्ति नियुक्त गर्यो : ज्ञानेन्द्र शाही
परराष्ट्र र श्रम मन्त्रालयले काम नै गर्न सकेनन् : ज्ञानेन्द्र शाही